राजधानीका दुई महानगरमा एमाले–राप्रपा तालमेल
काठमाडौं, बैशाख १९
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र भर्खरै सरकारबाट बाहिरिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी सहरका दुई महानगरमा चुनाबी तालमेल गर्ने छलफल गरेका छन्। मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच काठमाडौं र ललितपुर महानगरपालिकामा चुनाबी तालमेल गर्ने कुरा भएको हो। वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि मंगलबारै उम्मेदवारी दर्ता गर्ने दिन हो।
दुई अध्यक्षबीच भएको सहमति अनुसार काठमाडौं र ललितपुर दुवै महानगरपालिकामा एमालेले मेयर पद र राप्रपाले उपमेयर पदमा प्रतिस्पर्धा गर्ने बताइएको छ।
स्थानीय निर्वाचनको उम्मेद्वार टुंगो लगाउन संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले नेताहरू बैठक बसिरहेकै बेला कमल थापा ओलीलाई भेट्न पुगेका थिए।
एमाले र राप्रपाबीच यसअघि पनि चुनाबी तालमेलको चर्चा हुँदै आएको थियो।

No comments