Header Ads


दलहरुलाई २५ मिटर भत्कन्छ भन्ने थाहा हुँदाहुँदै पनि आँखामा छारो हाले : महत

हेटौँडा,३ माघ नेकपा मालेका केन्द्रीय सदस्य एवम मकवानपुर सचिव भिमसेन महतले २५ मिटरको विषयमा दलहरुले अझै भ्रम छर्ने काम नछाडेको बताएकबसा छन् । २५ मिटरको विषयमा पत्रकार सम्मेलन गर्दै महतले मकवानपुरे दलहरुलाई २५ मिटर भत्कन्छ भन्ने थाहा हुँदाहँुदै पनि जनताको आँखामा छारो हाल्ने काम गरेको बताए । सडक ऐन २०३१ र जग्गा प्राप्ती ऐन २०३४ ले क वर्गको राजमार्ग ५० मिटर हुने भनेर उल्लेखित गरेको अवस्थामा दलका नेताहरुले २५ मिटर क्षेत्रका जनतालाई झुक्याईरहेको आरोप लगाए । राज्यले गरेको तीनवटा कमजोरीको विषयलाई आफ्नो शक्ति बनाउँदै मुआब्जा र क्षतिपूर्तिको लागि दबाब दिनुपर्ने बेलामा दलहरुका नेताहरुले आमसभामा सडक फराकिलो पार्ने कुरालाई अतिरञ्जित बनाएको उनले बताए । सरकारले जग्गाप्राप्ति ऐन लागु गरेपनि लगत कट्टा नगर्नु, नियम मिचेर राज्यकै निकायले जग्गा किनबेच गर्नु तथा नगरपालिकाले पछि आवश्यक परेको समयमा सडक फिर्ता लिने भन्दै भौतिक संरचना निर्माणमा स्विकृत दिएर गरेको गल्तीको फाईदा उठाउँदै यहाका राजनीतकि दल, उद्योगी तथा ब्यवसायीहरु लाग्नु पर्नेसमयमा सरकारसँग मुढेबलको प्रर्दशन गर्न खोजेको उनको भनाई रहेको छ ।

No comments

Powered by Blogger.