Header Ads


राष्ट्रिय जागरण अभियान मकवानपुरमा कृष्णराज कोइराला

हेटौँडा,४ असोज / राष्ट्रिय जागरण अभियान मकवानपुरमा कृष्णराज कोइराला चयन भएका छन् । मंगलबार जागरण अभियानको प्रथम जिल्ला भेलाले कोइराला कृष्णराज कोइरालाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । अभियानको जिल्ला उपाध्यक्ष चन्द्रकिरण श्रेष्ठ, सचिव बालकृष्ण दाहाल, कोषाध्यक्षमा ध्रुब देवकोटा तथा सहसचिवमा दिवाकर मैनाली चयन भएका छन् ।
अभियानको सदस्यहरुमा अच्युत चालिसे, लक्ष्मी सापकोटा,अञ्जन दाहाल, अरुणकुमार जोशी,राजेश मान्नधर तथा रामकृष्ण ढकाल चयन भएका छन् । आज हेटौँडामा भएको अभियानको पहिलो भेलामा बोल्दै राष्ट्रिय जागरण अभियान नेपालका कार्य संयोजक भरत दाहालले प्रधानमन्त्री प्रचण्डले भारतसँग गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । प्रचण्डले भारत भ्रमणको क्रममा गरेको सम्झौतामा बैदेशीक नीति, नेपालको सुरक्षा प्रणाली तथा संविधानलाई भारतको जिम्मा लगाएको आरोप लगाए ।
 दाहालले भारतले प्रधामन्त्री प्रचण्ड मार्फत नेपाल टुक्राउने खेलमा लागेको बताए । प्रचण्ड पनि भारतको इसारामा नाच्नुमा स्वार्थ र जनधनको सुरक्षाको लागि रहेका भन्दै दाहालले देशको अस्तित्व रक्षाको लागि सबै नेपालीहरु एक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा मालेका भिमसेन महत, राप्रपाका सिताराम बर्तौला, अभियानका अभियन्ता आनन्दराम पौडेल, नेकपा माओवादीका गोकुल दाहाल लगायतकाले मन्तव्य व्यक्त  गरेका थिए ।  भेलामा अभियानका केन्द्रीय सदस्य केशव तौजले श्रेष्ठ, पत्रकार गिरीजा अधिकारी, जनक मान डंगोल लगाएतको उपस्थिती रहेको थियो ।

No comments

Powered by Blogger.