Header Ads


कपिल शर्मा शो बन्द हुने, सलमानको आउने

 १४ बैशाख,
सहकर्मी सुनील ग्रोवरसँगको झगडाका कारण विवादित बनेका चर्चित कमेडियन कपिल शर्माको कार्यक्रम बन्द हुने भएको छ। कपिलको कार्यक्रमको साटो सोनी च्यानलमा बलिउड हस्ती सलमान खानको कार्यक्रम आउने बताइएको छ। दुई सिजनका होस्ट बनिसकेका सलमान ‘दशका दम’ को तेस्रो सिजन लिएर आउने भारतीय समाचारमाध्यमले जनाएका छन्। सलमानले यो विषयमा च्यानलसँग कुरा गरिरहेका बताइएको छ। सबै कुरा फाइनल भए जुलाइबाट ‘दशका दम’ सुरु हुनेछ।

एक सय भाग पूरा गरेको ‘द कपिल शर्मा शो’ ले कपिल र सुनीलको झगडा पछि लोकप्रियता गुमाउँदै गएको थियो। सुनील, अलि असगर र चन्दन प्रभाकरले शो छाडेपछि लोकप्रियताको एक–दुई नम्बरमा पर्ने गरेको शो टप १० बाटै बाहिरिएको थियो। कपिललाई कार्यक्रम बचाउन च्यानलले समयसीमा समेत दिएको थियो। समाचारमाध्यमका अनुसार सुनील र अलीलाई फकाएर कार्यक्रममा फर्काउन कपिललाई एक महिनाको समय दिइएको थियो। उनले ल्याउन नसके शो बन्द हुने च्यानलको भनाइ थियो। कपिलले सुनील र अलीलाई कार्यक्रममा फर्काउन सकेनन्। त्यस्तै च्यानलले कपिलसँग गरेको सम्झौता पनि मे महिनामा सकिदैछ र, च्यानलले यो सम्झौता नवीकरण नगर्ने सोच बनाएको छ।

No comments

Powered by Blogger.