हेटौँडाका युवा भन्छन अब लोडसेडिङ हुदैन,म बनाउछु झिलीमिली
हेटौँडा, ६ मंसिर,
नेपाल जलश्रोतमा विश्वकै दोस्रो धनी देश हो । तर पनि सारा देशवासीले लोड्सेडिङको समस्या झेलीरहनुपरेको छ । दिनमा १८ घण्टासम्म लोडसेडिङ खेप्दै आइरहेका नेपालीहरुको समस्यालाई हल गर्ने सपना बोकिरहेका छन् हेटौँडेली युवा दिपक सिंह रुम्बा । पानी , घाम, आगो, हावा, डिजल र पेट्रोलको प्रयोग बिना बिजुली निकाल्ने दौडमा छन् रुम्बा ।
हिमालयन इन्टरनेशनल मल्टी प¥पोज प्रा।लि नामक कम्पनिसँगको सहकार्यमा उनले आफ्नो कम्पनि ‘ मिस्टिक्जम इलेक्ट्रो प्रब्लम सोलुसन प्रा।लि’ समेत खोलिसकेका छन् । हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै रुम्बाले आवश्यक मेशिनहरु मगाइसकेको र अबको २० दिनभित्र यसको प्रयोगात्मक गरी देखाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले ‘इलेक्ट्रो मयाग्नेटीक’ इनर्जीबाट बिजुली निकाल्न लागेको बताए ।
बिजुली उत्पादन गर्ने प्रकृयालाई उनले एउटा डायग्राम मार्फत् प्रस्टाए । यो मेशिनले गर्दा नै बिजुली निकाल्न सकिन्छ भन्ने कुरा आफुले अहिले बोल्न नमिल्ने र केही दिनपछि प्रयोगात्मक देखाउँछु बताउँदै गरेका रुम्बाले धेरै खोज र अनुसन्धान गरिसकेर मात्रै यो तरिका निकालेको बताए । थारै लगानीमा धेरै बिद्युत उत्पादन गर्न सकिने उनको दाबी छ । यसलाई मकवानपुरबाट प्रयोगमा लयाउने र त्यसपछि नेपालभरिका सञ्चार माध्ययमलाई निःशुल्क विद्युत उपलब्ध गराउने रुम्बाको लक्ष्य रहेको उनले बताए ।
अहिले प्रायः मानिसहरुले रुम्बाको यो कुरालाई हावादारी भनेको र अब झन् हावादारी भन्नेहरुको संख्या थपिँदै जाने भन्दै उनले यो प्रचारप्रसार नभई आफुले यो योजानको संक्षिप्त जानकारी मात्र दिन चाहेको उनले बताए ।

No comments