हेटौडेली युवकले बुझाए मेनरोडमा भेटेको १ लाख रुपैया
कार्तिक २२, हेटौडाको मुख्य बजारमा एक लाख रुपैयाँ भेटाएर एकजना युवकले प्रहरी मार्फत पैसा हराउने पिडीतलाई बुझाएका छन् । हेटौडाको मेनरोको नबिल बैक अगाढी सडकमा एक हजार रुपैयाँ दरका एक सय वटा नोट भेटाएर हेटौडा ३ बस्ने बिस्वास श्रेष्ठले प्रहरीलाई बुझाएका छन् । पछी पैसा हराउनेले पनि प्रहरीलाई खबर गरेपछी श्रेष्ठकै हातबाट पिडीतलाई उक्त पैसा बुझाइयो ।
एक लाख रुपैयाँको एक गट्टी रकम रोडको छेउमा भेट्ने बितीकै विश्वासले बजार निरीक्षणमा निस्कीएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बेदप्रसाद गौतमलाई दिएका थिए । पैसा हराउने मानिस फेला नपरेपछी प्रहरीलाई बुझाएको श्रेष्ठ बताए ।
एक लाख रुपैयाँ भेटीएपनि पैसा हराउने मानिस भने प्रहरीले पनि दिनभरजसो फेला पार्न सकेको थिएन । पछी पैसा हराएको खबर प्रहरिलाई गरेपछी हेटौडा ५ बस्ने श्रीराम पराजुलीलाई उक्त पैसा हस्तान्तरण गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताउनुभयो ।
पराजुलीले ग्लोबल आईएमईबाट पाँच लाख रुपैयाँ झिकेको मध्य एक लाख रुपैयाँ सडकमा खसालेको बताउनुभएको छ । ग्लोबल आइएमइबाट रकम झिकेको होकी होईन भनेर प्रहरीले बुझेपछी मात्र पराजुलीलाई रकम हस्तान्तरण गरेको थियो । धेरैले रकम सडकमा फेला पारेमा बुझाउने गर्दैनन् ।

No comments