Header Ads


बसामाडी जेसीजका पूर्व अध्यक्ष ढकाल काँग्रेसमा प्रवेश

०७ बैशाख, २०७४
बसामाडी जेसीजका पूर्व अध्यक्ष एवं बसामाडीका  सरोज ढकाल बुधबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको प्रवेश कार्यक्रममा पार्टी सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले ढकाललाई टिका तथा खाँदा लगाएर पार्टीमा प्रवेश गराएको हुन ।

प्रवेश कार्यक्रममा जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य ईश्वरलाल श्रेष्ठ, नवराज उप्रेती, १ र ४ नम्बर क्षेत्रीय सभापतिहरु दामोदर खनाल र लोकबहादुर मुक्तान, साविक बसामाडीका सभापति ढलकबहादुर थापा, नेविसंघ अध्यक्ष राजु खतिवडा, जिल्ला सदस्य कबिता बर्तौलालगायतको उपस्थिती रहेको थियो ।

No comments

Powered by Blogger.