Header Ads


चुनावमा चाहिने मतदानका सामाग्री मकवानपुर आईपुग्यो

६४ मध्य ४० प्रकारका सामाग्री आईपुग्यो
०७ बैशाख, मकवानपुरमा निर्बाचनका दिन चाहिने सबैजसो मतदानका सामाग्रीहरु आईपुगेका छन् । बैशाख ३१ गते हुने स्थानिय तहको चुनाबका लागि सबैजसो मतदानको दिन चाहिने सामाग्री समेत आज आईपुगेको हो ।

मतदानका दिनका लागि सबैजसो मतदान केन्द्रमा ६४ प्रकारका सामाग्रीहरु चहिने भएपनि ४० प्रकारका सामाग्रीहरु आईपुगेको जिल्ला निर्बाचन कार्यालय मकवानपुरका प्रमुख  गोबिन्द पौडेलले बताउनुभयो । बिशेषगरी मतदानका दिन मकवानपुरका सबै मतदान केन्द्रका लागि चाहिने साना देखि ठुला सम्मका सामाग्रीहरु आईपुगेको पौडेलले बताउनुभयो ।

निर्बाचन आयोगले यस जिल्लाका लागि भनेर आज निर्बाचानका दिन चाहिने स्वस्तिक छाप, स्ट्याम प्याड, मसी, मार्कर, मैनबक्ति, स्ट्यापलर मेसिन, क्याल्कुलेटर, निर्बाचन सम्बन्धी ऐन कानुन, मतदाता नामावली, कोरा कपडा, प्लाष्टीकका बोरा आईपुगेको जिल्ला निर्बाचन कार्यालय मकवानपुरका सुचना अधिकारी दिनेश श्रेष्ठले बताउनुभयो । मतदानका दिन चाहिने मतपेटिका भने जिल्ला निर्बाचन कार्यालय मकवानपुरमा पनि रहेको छ ।

बैशाख ३१ गते हुने चुनाबमा त्यही पहिलेको मतपेटिका प्रयोग गर्नेकी अरु नयाँ मतपेटिका ल्याउने भन्ने कुरा निर्देशन आउन बाकी रहेको पौडेलले बताउनुभयो । अब निर्बाचन आयोगले २४ प्रकारका निर्बाचनका लागि चाहिने सामाग्री भने पठाउन बाँकी रहेको छ । मकवानपुरमा एक सय ६४ स्थानमा २ सय ९४ वटा मतदान केन्द्र रहेका छन् । पहिले यस जिल्लामा ३ सय ७ वटा मतदान केन्द्र रहेपनि अहिले भने निर्बाचन आयोगले २ सय ९५ वटा मतदान केन्द्र तोकिदिएको हो । मतदान गर्ने स्थान भने घटेको छैन ।

यस जिल्लामा १२ वटा मतदान केन्द्र मात्र घटेको हो । स्थान नघट्दा चुनाबमा मतदान गर्नका लागि टाढा जानुपर्ने बाध्यता भने छैन ।

No comments

Powered by Blogger.