Header Ads


नयाबर्षमा आशिर्वाद लिनेको धुईचो

हेटौँडा,२ बैशाख
नयांबर्षको अवसरमा ॐ सतगुरु शिवशक्तेश्वर सेवा केन्द्रमा  विभिन्न कार्यक्रमको साथै बिद्यालयहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । सेवा केन्दमा दिपेन्द्र बाबाबाट  नयां बर्ष २०७४ सालको  शुभमंगल कामना गर्दै शुभआशिर्बाद लिने भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । आशिर्बाद लिनको लागि हेटौंडा,हेटौंडा बाहिर बिरगंज,सिमरा,अंमलेशगंज,झापा,काठमाण्डौं लगायतका ठाउबाट भक्तजनको भिड लागेको थियो ।  हेटौँडा ९ पशुपतिनगरमा रहेको धाममा गरिएको कार्यक्रममा २०७४ साल सबैमा आन्नद,हर्षउल्लास,सुखमय बितोस भन्दै अग्निदिप बालिएको थियो  । कार्यक्रममा विपन्न,असाय,जेहेन्दार,मेधावी बिधार्थीहरुलाई कापी,कलम,इलेजर प्रदान गरिएको थियो । कार्यक्रममा हेटौँडामा रहेको संस्कृत बेद विद्यालय,हेटौंडा–९ पशुपतिनगरमा रहेको दिव्यज्योती आधारभुत बिद्यालय,श्री नेपाल प्रा.बि अंलेशगंज,जलेश्वर प्रा.वि भिमफेदीे र सिमरामा रहेको बिद्यालयको लागि ॐ सतगुरु शिवशक्तेश्वरबाबा सेवा केन्द्रको नामाङ्कित  कापी तथा अन्य शैक्षिक सामाग्री  हस्तान्तरण गरिएको थियो । नयांबर्षकै अवसरमा भजनको किताब पनि विमोचन गरिएको थियो ।

No comments

Powered by Blogger.