Header Ads


वैशाख दोस्रो हप्तादेखि डिजिटल टिभी अनिवार्य

 सरकारले आगामी वैशाख दोस्रो हप्ताभित्र महानगरपालिका र उपमहानगरपालिकामा डिजिटल टेलिभिजन अनिवार्य रूपमा लागु गर्ने भएको छ । टिभीको गुणस्तर बढाउन र नयाँ प्रविधिमा आधारित सेवासुविधा उपलब्ध गराउन सरकारले डिजिटाइजेसन अनिवार्य गर्न लागेको हो ।
डिजिटल भइसकेपछि टिभीकोे भिजुअल गुणस्तरीय हुने, धेरै च्यानल हेर्न सकिने तथा सरकारलाई समेत यो क्षेत्रको तथ्यांक राख्न सहज हुने बताइएको छ ।
टेक जर्नालिस्ट फोरमद्वारा राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले वैशाख १५ गतेभित्र महानगर तथा उपमहानगरका सबै एनालग टीभीलाई डिजिटाइजेसन गरिने बताए । “कतिपय त पहिले नै डिजिटल भइसकेका छन् । बाँकी रहेका महानगर तथा उपमहानगरका टिभीलाई पहिलो प्राथमिकता दिएका छौं,” उनले भने । उनका अनुसार स्थानीय चुनावअघि नै डिजिटाइजेसनको काम सम्पन्न हुनेछ । २०१७ भित्र मुलुकभरका एनालग टिभी डिजिटाइजेसन गरिसक्ने लक्ष्यका साथ सरकार अघि बढेको उनले जानकारी दिए  ।
मन्त्रालयका अनुसार हाल ५० भन्दा बढी मुलुकले एनालग बन्द गरेर डिजिटल प्रविधि प्रयोग गरिरहेका छन् । नेपालमा भने हालसम्म डिजिटाइजेसन हुन नसक्दा मुलुकमा सञ्चालन भएका टिभी, केवल च्यानल तथा तिनको कारोबार एवं सरकारलाई प्राप्त हुने आन्तरिक राजस्वको सही तथ्यांक आउन नसकेको मन्त्रालयले जनाएको छ ।
केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष सुधिर पराजुलीले टिभी डिजिटाइजेसन गर्दा पुरानो टिभीलाई हटाएर नयाँ प्रयोग गर्न नपर्ने जानकारी दिए । “हामीले पुरानै टिभीमा नयाँ प्रविधि जडान गर्ने हो,” उनले भने । उनका अनुसार एनालग टि

No comments

Powered by Blogger.