Header Ads


मकवानपुर जागरण अभियानद्वारा पत्रकार महासंघ कार्यसमिलाई सम्मान

हेटौँडा,२२ फागुन
मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित कार्यसमिति तथा पार्षदहरुलाई सम्मान गरेको छ । आज हेटौँडामा एक कार्यक्रमको आयोजना गरि अभियानले ढाका टोपी, खादा तथा कलम र डायरी सहित नव निर्वाचित कार्यसमितिलाई सम्मानित गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै नव निर्वाचित पत्रकार महासंघका अध्यक्ष हरि हुँमगाईले पत्रकार महासंघ सबैको साझा संगठन भएकोले सोहि अनरुप आफु चल्ने बताए । निश्पक्ष पत्रकारिताको आफहरु सदैब क्रियाशिल हुने उनको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले समाजमा भएका घटनालाई उजागर गर्दे निश्पक्ष पत्रकारितालाई थप मर्यादित बनाउन पत्रकार महासंघलाई शुभकामना समेत दिए ।
कार्यक्रममा जागरण अभियानका जकनमान डंगोल, अच्युत चालिसे बरिष्ट सल्लाहाकार भिमसेन महत, पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रताप विष्ट, लगायत सम्पुर्ण नव निर्वाचित पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम  जागरण अभियानका सचिव वालकृष्ण दाहालले सञ्चालन गरेका थिए ।

No comments

Powered by Blogger.