Header Ads


शिक्षक संघ मकवानपुरमा अधिकारी

हेटौंडा, २२ फागुन
नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा रामकुमार अधिकारी भारी मतसहित विजयी भएका छन् । आईतबार भएको मतगणनामा अध्यक्षमा रामकुमार अधिकारी ८२८ मत, प्रतिद्वन्दी मदन लामिछाने २०० मत, उपाध्यक्ष महिला सावित्री अधिकारी ७५६, प्रतिद्वन्दी शान्ती भट्ट खरेल २३१ मत, उपाध्यक्ष खुल्ला गणेशप्रसाद हुमागाई ७४३, प्रतिद्वन्दी राम आशिष मण्डल २५० मत, सचिव विदुर थापा ६९२, प्रतिद्वन्दी गोविन्द पोख्रेल ३०७ मत, सहसचिव अर्थ पुरुष केशवप्रसाद देवकोटा ६५२, प्रतिद्वन्दी रञ्जनकुमार कठायत ३४७, सहसचिव टिकाप्रसाद दाहाल ६६८ मत, प्रतिद्वन्दी राजेन्द्र बर्तौला ३०७ मत प्राप्त गरेका छन्भने सहसचिव अर्थ महिलामा शकुन्तला ब्लोन निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यस्तै सहसचिव महिला उमा कोईराला ७४६ मत, प्रतिद्वन्दी सुमित्रा अर्याल २३१, सहसचिव समावेशीद्वयमा विरेन्द्र कुमार यादव ६४७ मत र ईन्द्रबहादुर भोम्जन ६६४ मतलाई विजयी भएका छन्भने प्रतिद्वन्दी नागेन्द्र राय २६७ र सुभद्रा लम्साल ३३६ मत ल्याई पराजित भएका छन् ।
त्यस्तै खुल्लातर्फका सदस्यहरु देवबहादुर मस्राङगी ७६४, देवेन्द्रप्रसाद यादव ७१८, नरेन्द्र प्रसाद यादव ७०५ र मोहनराज लामा ७९८, महिला सदस्यहरुमा सरस्वती शिवाकोटी ६९४, निर्मला तिमल्सिना ७५७ र सुनिता भट्टराई ५६८ मत ल्याई विजयी भएका छन् ।
    त्यस्तै संघिय प्रतिनिधी खुल्लामा दीपकलाल खतिवडा ६६०, राजेशप्रसाद घिमिरे ७२४ र तुलसी गिरी ४९० मत ल्याई विजयी भएका छन् भने संघिय प्रतिनिधी महिलामा प्रमिला अर्याल ६७७ र ज्ञानु पौडेल ७१२, प्रदेश प्रतिनिधी खुल्लामा विष्णुप्रसाद दाहाल ८१६, अमृतप्रसाद भट्टराई ७०७, राजु घले गुरुङ ७४७ र दिपेन्द्र झा ६५१ मत ल्याई विजयी भएका छन् भने प्रदेश प्रतिनिधी महिला खुल्लामा स्वेता कोईराला ७११ र गान्धिरा चौलागाई ५८३ मत ल्याई विजयी भएका छन् ।

No comments

Powered by Blogger.