सञ्जालद्वारा हेटौँडा उपमहानगरपालिकालाई ज्ञापनपत्र
हेटौँडा,२६ फागुनसाना लगानीका मिडियालाई समानुपातिक विज्ञापनमा सघाउ पु¥याउन माग गर्दै साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले हेटौडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
हेटाडा उपमहा नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै सरकारी कार्यालयबाट विवेदपूर्ण तरिकाले विज्ञापन दिइरहेको भन्दै सबैलाई समानुपातिक ढंगले विज्ञापन दिनको लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाएको साप्ताहिक पाक्षिक प्रकाश सञ्जाल मकवानपुरका संयोजक तिलक अधिकारीले बताए ।
वषौँ अगाडिकै दरमा विज्ञापन दिदै आइरहेको ,दैनिक प्रत्रिका र विद्युतीय सञ्चार माध्ययसरह, साप्ताहिक पाक्षिक,मासिक त्रैमासिक छापा माध्यमको योगदान रहेको कुरालाई नभुल्न पनि सो ज्ञापन–पत्रमा भनिएको
छ ।साना सञ्चार माध्यमलाई जिवित राख्नको लागि सरकारी कार्यालयको भुमिका महत्वपूर्ण हुने भन्दै सुचाना विज्ञापन उपलब्ध गराई सहयोग गर्न आग्रह गरिएको छ । सो मागलाई वेवास्ता गरि एकाध सञ्चार माध्यमलाई मात्र विज्ञापन उपलब्ध गराउने कार्य जारी रहेमा सो कार्यालय विरुद्ध उत्रने चेतवानी समेत सञ्जालले
दिएको छ ।


No comments