मकवानपुरका साप्ताहिक पत्रिकाको विज्ञापनको दर कायम
२८ फागुन, हेटौँडा । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले शनिबार गरेको अन्तरक्रियामा
पत्रिकामा प्रकाशन हुने विज्ञापनको दर कायम गरेका छन् । मकवानपुरबाट प्रकाशन हुने साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकाले विज्ञापनको दर कायम गरेका हुन् ।
पेशागत संगठनहरुका प्रतिनिधिहरुसँगको छलफल पछि सञ्जालले चैत १ गतेदेखि लागु हुने गरी दर कायम गरेको छ । सञ्जालमा आवद्ध पत्रिकाले बधाई तथा शुभकामनाको दर एक हजार रुपैँया, समवेदना ५ सय रुपैँया र सरकारी कार्यालय एवं व्यवसायिक विज्ञापनको कोलम÷सिसि अनुसार दर कायम गरेको छ । छलफलमा मकवानपुरका सबै साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकालाई व्यवसायिकता प्रदान गर्न यस्तो निर्णय गर्नु परेको कार्यक्रमका सहभागीले बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको प्रमुख आतिथ्यता एवं सञ्जालका संयोजक तिलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष कौशल पाण्डे, नवराज शर्मा, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारीका सचिव दिपेन्द्र रोक्का, प्रेस सेन्टरका अध्यक्ष नानीमैया विष्ट, प्रेस सोसाईटीका सहसंयोजक केशव समर्पण, क्रान्तिकारी पत्रकार संगठनका सचिव राज सापकोटा, मिडिया नेपालका अध्यक्ष जीवराज बख्रेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरुले सञ्जालको निर्णयमा ऐक्यवद्धता जनाएका थिए । कार्यक्रममा जिल्लाबाट प्रकाशित २६ पत्रिकाका प्रकाशक सहभागी थिए ।



No comments