Header Ads


आमसभाको तयारी पुरा, २ बजेबाट आमसभा सुरु हुने

 हेटौँडा,२६ फागुन
राजविराज घटना पश्चात तीन दिनको लागि स्थगित भएको नेकपा एमालको मेची–महाकाली अभियाना भोली हेटौँडाबाट  पुन सुरु हुने भएको छ । हेटौँडामा हुने आमसभा तथा विभिन्न कार्यक्रमको विषयमा आज नेकपा  एमाले प्रचार विभागले मकवानपुरले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अभियानको विषयमा जानकारि दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले राजविराज घटना पश्चात सुरु हुन लागेको अभियानलाई भब्य ढंगले सम्पन्न गर्नको लागि तयारी पुरा गरिएको बताईन् । अभियानको लागि केन्द्रबाट आउने सम्पूर्ण पाहुनाको बसोबासको तयारी पुरा गरिएको बताउँदै सिग्देलले सभालाई एमाले अध्यक्ष केपि ओलि सहित पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितका नेताहरुले संवोधन गर्ने बताईन् ।
हेटौँडाको भुटनदेवी माविको मैदानमा हुने आमसभा दिउँस २ बजेबाट सुरु हुने उनको भनाई रहेको छ । आमसभाको लागि मकवानपुरको साथै छिमेकी जिल्लाबाट पनि सहभागि हुने उनको भनाई रहेको छ । धेरै अतिथिहरु सडकमार्ग हुँदै हेटौँडा आउने हुँदा चौकीटोलबाट र्यालीको समेत आयोजना हुनसक्ने उनको भनाई रहेको छ । त्यसबाहेक हेटौँडा उपमहानगरपालिकाको सबै क्षेत्रबाट सम्वन्धीत वडा कार्यालय, क्षेत्रीय कार्यालयले र्यालीको आयोजना गरि हेटौँडा आउने तयारी भएको उनले बताईन् ।
अभियानको विषयमा बोल्दै एमाले केन्द्रीय सदस्य केदार न्यौपानलेले हेटौँडाम हुने आमसभा भब्य हुने बताए । संविधान कार्यन्वयनको लागि सभाले थप दवाव दिने भन्दै उनले आमसभामा सहभागि हुन आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले सभामा करिब २० हजार जनसहभागिता हुने लक्ष्य राखिएको बताए । मञ्च सहित सास्कृतिक कार्यक्रम, स्वयमसेवक परिचालन लगाएतको तयारी सम्पन्न भैसकेको उनको भनाई रहेको छ ।
२७ गतेको आमसभा पश्चात २८ गते केन्द्रीय टोलीलाई मकवानपुर र चितवनको लोथरसम्म विदाई गरिने त्यसपूर्व अध्यक्ष ओलीद्वारा हेटौँडा ८ मा एमाले वडा कार्यालय भवनको शिलान्यास तथा टीम टेलिभिजनको नव निर्मित भवनको उद्घाटन समेत गरिने कार्यक्रम रहेको जनाईएको छ ।

No comments

Powered by Blogger.