Header Ads


शिवरात्रीमा टेलिकमको अफर

 फाल्गुण १२
नेपाल टेलिकमले नेपालीहरुको पवित्र चाड शिवरात्रीको अवसरमा फेस्टिवल अफर ल्याएको छ ।
यस अफरमा डाटा बन्डल प्याकेज अन्र्तगत रु ७५ मा सय एमबी डाटा र वोनसको रुपमा सयम एमबी नै यु ट्युव डाटा प्याक उपलब्ध गराइएको छ । यो डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने छ । यस्तैगरी रु१५० मा २ सय एमबी डाटा र वोनसको रुपमा २ सय एमबी नै यु ट्युव डाटा प्याक उपलब्ध गराइएको छ । यी दुवै डाटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिनेछ ।
यो सेवा प्राप्त गर्न यु १०० र यु २०० टाइप गरी १४१५  मा  एसएमएस गर्नुपर्नेछ ।
यस्तै फेसबुक प्याकेज अन्र्तगत रु। २२।६० मा ५ दिनको अवधिका लागि सय एमबी फेशबुक प्याकेज पनि उपलब्ध गराएको छ ।
 

No comments

Powered by Blogger.