मानव धर्मका प्रणेता सतपाल महाराजलाई हेटौँडामा स्वागत
हेटौडा १२ फागुन,
मानव धर्म सेवा समितिका प्रणेता सतपाल महाराज विहिवार अपरान्ह हेटौँडा आईपुगेका छन् । शुक्रवारदेखी टि.सी.एन ग्राउण्डमा सुरुहुने नेपाल मानव धर्म सेवा समिति प्रचारको ५० वर्ष पुराभएको अवसरमा आयोजित स्वर्ण जयन्ती सत्संग समारोहमा सहभागीता जनाउन महाराज हेटौँडा आईपुगेका हुन् । सिमरा विमानस्थल हुदैँ हेटौडा आएका महाराजलाई स्वागत गरेका थिए । शुक्रवार देखी सुरुहुने स्वर्ण जयन्ती समारोहको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने सत्संग समारोहमा सतपाल महाराज लगाएत साधुसन्तहरुले आध्यात्मिक सम्वोधन गर्नेछन् भने मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी,पुर्व प्र.म. तथा नेकपा एमालेका अध्यक्ष के।पी।ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा, पर्यटन तथा नागरिक उड्डायन मन्त्री ईन्द्र वानिया लगाएतको विशेष उपस्थिति साथै चर्चित व्याण्ड कुटुम्वको साथमा भक्तीसंगीतका कलाकारहरुले सांगितिक प्रस्तुति दिनेछन् ।
कार्यक्रममा छिमेकी राष्ट्र भारत र भुटान वाट समेत गरी पचासौ हजार धार्मिक पर्यटकको उपस्थिती रहने आयोजकले दावी गरेको छ । करिव ३ सय सन्तमहात्मा र हजारौँ भक्त व्यवस्थापनकालागी केहीदिन अघिदेखी करिव २५ सय स्वयंसेवक खटिएका छन् । स्वर्ण जयन्ती समारोहले हेटौडा क्षेत्रको व्यापार,यातायात,होटल,लज तथा पर्यटन क्षेत्रमा प्रत्यक्ष टेवा पुग्ने आयोजकले जनाएको छ । औद्योगिक नगरी हेटौडालाई सद्भाव,सहिष्णुता र मानवताको उद्योगको रुपमा परिचित गराउनुको साथै मानव धर्मको उद्गम स्थलका रुपमा समेत रहेको हेटौडामा स्वर्ण जयन्ती मनाउन लागिएको आयोजकले जनाएको छ ।
यस्तै समितिले बालबालीकाको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ राष्ट्रिय बाल उत्सब २०७३ को समेत आयोजना गरेको छ । उत्सवमा देशै भरका विभिन्न अंचलका बालबालीकाको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बाल साहित्य, भक्ति संगित, नृत्य, लगाएतका विद्यामा बालबालीकाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता हुने बालबालीका लाई पुरस्कारको साथै प्रमाणपत्र, मेडल समेत प्रदान गरीने बताइएको छ ।

No comments