लक्ष्मीनारायण मन्दिरको रथयात्रा
हेटौंडा–५ मा रहेको लक्ष्मीनारायण मन्दिर एवम् लक्ष्मीनारायण व्यासपीठको आयोजनामा तथा मन्दिरको वार्षिकोत्सवको अवसरमा श्रीमद्वाल्मीकीय रामायण कथा महोत्सव सञ्चालन भएको छ । रामायणका प्रवक्ता आचार्य दाशरथि शास्त्रीले कलात्मकढंगले कथावाचन गरेका छन् । आइतबार भगवान कस्तुरी रंगनाथलाई पाल्कीमा राखेर हेटौंडामा रथयात्रा गरिएको छ । यात्रामा भक्तजनले सक्रिय सहभागिता जनाएको मन्दिर प्रचार समितिका सदस्य रामहरि शर्मा चौलागाईंले बताए ।



No comments