संविधान संशोधन नभई चुनाव भए मुठभेड हुन्छ : डा.बाबुराम भट्टराई
२६
माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम
भट्टराईले संविधान संशोधन विना निर्वाचन भए देशमा मुठभेड हुने दावि गरेका
छन् । प्रेस सोसाईटी मकवानपुरले गरेको पत्रकार भेटघाटमा संशोधन विना
निर्वाचन भए मुठभेड हुने बताउँदै उनले यसतर्फ नलाग्न दलहरुलाई सुझाव दिए ।
तीन तहको निर्वाचनका लागि दलहरुबीच न्यूनतम सहमति जरुरी रहेको उनको भनाई छ । भट्टराईले संविधान संशोधन नभई निर्वाचन असम्भव रहेकाले यसका लागि दलहरुबीच न्यूनतम सहमति आवश्यक रहेको बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपाति निर्वाचन प्रणालीले मात्रै राजनैतिक समस्या अन्त्य गर्ने भएकाले संशोधनका क्रममा यसलाई समेट्नुपर्ने उनको भनाई थियो । ठूला दलहरु आफ्नै नेतृत्वमा चुनाव गर्ने रणनीतिमा रहेकाले संक्रमणकाल लम्बिएको भन्दै उनले च्याँखे थाप्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । स्वतन्त्र र निष्पक्ष निर्वाचनमा जोड दिंदै उनले दलहरुलाई एकअर्कामा शंका भए निर्वाचनको निष्पक्षताका लागि सर्वदलिय अन्तरिम सरकार गठन गर्न सकिने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफुले पटक पटक ठूला दललाई संविधान संशोधन र निर्वाचनका लागि सुझाव दिएपनि उनीहरु पार्टीगत स्वार्थमा अल्झिएको आरोप लगाए । प्रेस सोसाईटीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक मनोज ढोडारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिीय सहसंयोजक रामचन्द्र झा, जिल्ला संयोजक प्रल्हाद लामिछाने, केन्द्रीय कार्यकारी सदस्य एवं मकवानपुर उत्प्रेरक सविना अर्याल लगायतको उपस्थिति रहेको थियो ।

No comments