Header Ads


कर्मभुमी द्धारा युवा लक्षित गोष्ठी संचालन

फागुन १,हेटौडा
युवाहरुलाई लक्षित गरी कर्मभुमी नेपाल फाउण्डेशनले हेटौंडामा शनिवार गोष्ठी आयोजना गरेको छ ।  कर्मभुमी नेपाल फाउण्डेशनका अध्यक्ष अन्जन सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो  । युवाहरुमाझमा उत्प्रेरण सिर्जनशिलता सुख, शान्ति, समृद्धि, सफलता आन्नद र विचार शुद्धिकरण र समाजलाई सकरात्मक गति प्रदान गर्नको लागी युवाको आवश्यकता बिषयक गोष्ठी संचालन गरिएको थियो । हेटौडाको ख्वोपे गल्लीमा रहेको सगरमाथा एकेडेमीमा भएको कार्यक्रम युवाहरुको बर्तमान स्थिती, चुनौतीहरु, युवाको करियर र युवा जनशक्तीको आश्यकता मुख्य केन्द्र थिए । कर्मभुमी नेपाल फाउन्डेशनलाई एडिबि को फाईनान्सियल कन्सल्ट तथा भवन निर्माण बिभाग को फाईनान्सियल कोअर्डीनेट गौरभ हग लावती बैकर ट्याली नेपाल प्रा.ली को फाइनान्सियल प्रमुख यादव नेपाल, सि.ए अध्यायनरत अनिमा पोखरेल लगायतले निरन्तर रुपमा सहयोग गरेको र संस्थालाई धेरै गुन  लगाएको अध्यक्ष सापकोटाले बताए । कार्यक्रममा सुवास लामा, अस्मिता तिमल्सिना, मनु लामा, इमा लामा, सिता छतकुल्ली, अमित श्रेष्ठ, दिनेश लोप्चन, पन्जु गोले, शान्ति मोक्तान लगायत अन्य व्यक्तीहरुको सहभागिता रहेको थियो ।


No comments

Powered by Blogger.