Header Ads


म गए पनि सडक विस्तार रोकिदैन:क्षेत्रीय प्रशासक

हेटौँडा,२२ माघ
हेटौँडाको सडक विस्तारमा अग्रणी भुमिका निर्वाह गर्दै आएका मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले आफ्नो सरुवाले सडक विस्तारको काम नरोकिने बताएका छन् । आफ्नो सरुवाले सडक विस्तार रोकिन्छ भन्ने हल्ला निरर्थक रहेको बताउँदै सडक विस्तारले निरन्तरता पाउने दाबी गरे ।
 गत शुक्रबार सरुवा भएकर काठमाण्डौँ जाने तयारी गरेका केसीले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो सरुवाले सडक विस्तालको काममा कुनै अबरोध नआउने बताए ।
आफ्नो सरुवा नियमित प्रकृया भएको बताउँदै उनले राज्यको नियमअनुसार भएको सडक विस्तार कुनैपनि वाहानामा नरोकिने ठोकुवा गरे । सडक विस्तारको काम सडक ऐन अन्तरगत भएको भन्दै यसलाई प्रशासकको सरुवाले कुनै असर नगर्ने उनको भनाई रहेको छ ।

No comments

Powered by Blogger.