बिद्यालय स्तरीय वक्तृत्वकलामा डवाडी प्रथम
माघ २२,प्याप्सन मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रबार सनराइज बोर्डिङ स्कुल पदमपोखरीमा अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समिती अध्यक्ष कृष्ण हिमडुङको सभाध्यक्षतामा भएको कार्यक्रममा ईष्टु मकवानपुरका अध्यक्ष सुदिप बर्तौला,र बिद्यालय व्यवस्थापन समिती सदस्य रबिन्द्र थापाको आतिथ्यता रहेको थियो । कार्यक्रमा जि.एस निकेतनका निश्चल डवाडी प्रथम,तुलसी मेहेरका दिक्षा गजमेर द्धितिय र सनराइज बोर्डिङका सलिना घलान तृतिय भएका छन । मकवानपुरे साहित्यकार निमेष निखिल र रमेश बञ्जराले कार्यक्रममा निर्णयक भूमिका निर्वाह गरेका थिए । कार्यक्रम शिक्षकद्धय अनन्त अधिकारीले संचालन गरेका थिए ।



No comments