फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश
हेटौँडा,२४ माघ
हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै फागुन २ गतेसम्म निवेदकको घर नभत्काउन सडक डिभिजनलाई भनेको हो ।
आदेशमा फागुन २ गते दुबै पक्षबिच छलफल गर्नु पर्ने भएकोले २ गतेसम्म घर नभत्काउन आदेश जारी गरेको हो । २५ मिटर क्षेत्रका इन्द्रमायाँ श्रेष्ठ सहितको ७ जनाको रिटमा आदेश जारी गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

No comments