Header Ads


बुधबारसम्म नेपाल टेलिकमको रिचार्जमा बोनस

माघ २४,
नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा जिएसएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीलाई लक्षित गर्दै रिचार्ज कार्डमा बोनस योजना ल्याएको छ। आइतबार अर्थात आजदेखि जिएसएम तथा सिडिएमए प्रिपेड प्रयोगकर्ताले रिचार्ज गर्दा बोनस पाउने छन्। ३ दिनसम्म अर्थात बुधबारसम्म रिचार्ज गर्नेले बोनस पाउने टेलिकमले जनाएको छ।
जसअनुसार ५०, १ सय र २ सयको रिचार्ज गर्नेले १० प्रतिशत बोनस पाउने छन् भने ५ सय र १ हजारको रिचार्ज गर्नेले १५ प्रतिशत बोनस रकम पाउने छन्। टेलिकमले आज वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो।

No comments

Powered by Blogger.