Header Ads


युवतीहरू “लभ”मा परेपछि‘ यसो गर्छन

एजेन्सी/ युवतीहरू प्रेममा परेपछि परिवर्तन आउने कुरालाई सामान्य रूपमा लिइन्छ । मनका कुरा साट्ने उचित व्यक्ति भेटेपछि परिवर्तन आउनु स्वाभाविक पनि हो । युवतीहरूमा आउने केही परिवर्तन :

निद्रा लाग्दैन
भनिन्छ– प्रेममा परेपछि भोक–प्यास, निद्रा भाग्छ । सायद, यो सत्य हो । युवतीहरू प्रेममा परेपछि पनि उनीहरूलाई रातभर निद्रा पर्दैन । अबेरसम्म प्रेमीसँग फोनमा वा च्याटमा कुरा गरेपछि उनीहरू प्रेमीकै बारेमा सोचेर बस्छन् भन्ने अनुसन्धानहरूले देखाएका छन् ।
ऐनाअगाडि हाँस्दैनन् प्रेममा परेपछि युवतीहरू सर्माउन थाल्छन् । पहिले ऐनाअगाडि घन्टौँ बिताउने उनीहरू प्रेममा परेपछि ऐनाअगाडि बस्दैनन् । बरु, लामो समय सोचेर बस्छन्, एक्लै समय बिताउँछन् ।

मोबाइलमा बढी ध्यान दिन्छन्
प्रेममा परेपछि युवतीहरूले अधिकांश समय मोबाइलसँग बिताउँछन् । पूरै समय मोबाइलमा मात्र ध्यान दिन्छन् । रातभर फोनमा कुरा नगर्दा पनि यत्तिकै टोलाएर मोबाइलमा हेर्ने प्रेममा परेका युवतीहरूको बानी हुन्छ ।

रोमान्टिक गीत सुन्छन्
प्रेममा परेपछि युवतीहरूलाई जतिवेलै ‘लभस्टोरी’ सुन्न मन लाग्छ । ‘रोमान्टिक’ गीतहरू सुनेर उनीहरू आफ्नो समय बिताउँछन् । प्रेममा परेपछि उनीहरू मनपर्ने फिल्मको सूचीमा ‘रोमान्टिक फिल्म’हरूलाई प्राथमिकता दिन्छन् ।

साथीहरूसँग टाढिन्छन्
साथीसंगी जीवनका महत्त्वपूर्ण हिस्सा हुन् । तर, प्रेममा परेपछि युवतीहरू यी सब कुरा भुल्छन् । पहिले साथीहरूसँग नयाँ ठाउँ घुम्न जाने उनीहरू पछि आफ्नै प्रेमीलाई प्राथमिकतामा राख्छन् ।

अर्ती–उपदेश दिन्छन्
प्रेममा परेपछि युवतीहरूलाई आफू ‘म्याचुयर्ड’ भएको आभास हुन्छ । उनीहरू हरेक समय आफ्नो प्रेमीबारे चिन्तित हुन्छन् । अनि विभिन्न विषयमा सल्लाह दिन थाल्छन् । जतिवेलै यसो गरौँ, उसो गरौँ भन्छन्, अर्ती–उपदेश दिन्छन् ।

No comments

Powered by Blogger.