Header Ads


रानीको जन्मोत्सव मनाउन पूर्व राजा ज्ञानेन्द्र चितवनमा

फागुन ०६ चितवन 
पूर्व रानी कोमलको जन्मोत्सव मनाउन पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाह सहित चितवनमा पुगेका छन् ।
पश्चिम चितवनको मेद्यौली जाने क्रममा चितवन भरतपुरमा उनका समर्थकहरुले राजा आउ देश बचाउ भन्ने नारासहित ब्यानर नै टागेर पूर्व राजा शाहको भव्य स्वागत गरेका छन् ।

बाराको सिमरा देखि आफ्नो निजी सवारी साधनमा पूर्व रानी कोमलको जन्मोत्सव मनाउनका लागि उहाँ चितवनमा आउनु भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । पूर्व राजा शुक्रबार र शनिबार चितवन मै बस्ने कार्यक्रम रहेको बताइएको छ ।

पूर्व राजाको सुरक्षाका लागि ‘आवश्यक सुरक्षा दिनु भन्ने आदेश आएकाले आवश्यकता अनुसार सुरक्षाकर्मी खटाइएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । आईतवार उनी बारा नै फर्कने कार्यक्रम रहेको समेत थापाले बताए ।

शुक्रबार मध्यान्ह १२ बजेतिर चितवन पुग्नु भएका पूर्व राजा शाह भरतपुर गार्डेन रिसोर्टमा बिहानीको खानापछि पश्चिम चितवनको वाराही रिसोर्ट लाग्नु भएको थियो ।

No comments

Powered by Blogger.