Header Ads


दामनमा अत्याधिक हिमपात पर्यटकको चहलपहलमा वृद्धि

हेटौडा,१५ माघ
 मकवानपुरको उच्च पहाडि थाहानगरको विभिन्न क्षेत्रमा अत्याधिक हिमपात भएको छ । शुक्रबार विहानै देखि मौसममा परिवर्तनले भए सँगै मकवानपुरको उत्तरी थाहाको उच्च पहाडि दामन,पालुङ, सिमभञ्याङ, थाहा नगर ५ को केशरी भञ्याङ, देउराली, कोटथुम्की लगायत भू–भागमा हिउँ परेको छ ।
दामन सिमभञ्जयाङ्मा क्षेत्रमा हिउँ परेर जम्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी नायव निरीक्षक दिपक कुमार गुप्ताले जानकारी दिएका छन । विगतको तुलनामा भन्दा यस पटक अत्याधिक हिमपात भएको स्थानियको भनाई छ ।
मकवानपुरको दामन सिमभञ्जयाङ्ग क्षेत्रमा घुम्न आएका स्वदेशी तथा बिदेशी पर्यटकहरु होटल तथा सबै क्षेत्र हिउँले सेताम्मे भएपछि रमाईरहेका छन् । हिउँमय दामनमा हिउँ खेल्न र हिउँसँग रमाउन जाने अन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल समेत वृद्धि भएको छ तर अत्याधिक हिमपातका कारण सो क्षेत्र सेताम्मे बने सँगै भुकम्प पिडितको जनजीवनलाई भने निकै प्रभावित बनाएको छ ।

No comments

Powered by Blogger.