आन्दोलनकारीद्वारा स्कुल रोडका ब्यवसायीमाथि हातपात
हेटौँडा,४ माघ
बसोबास संरक्षण समितिले आव्हा्न गरेको बन्दको अवज्ञा गरेको भन्दै हेटौँडा ४ स्कुलरोडमा आन्दोलनकारीहरुले ब्यवसायीमाथि हातपात गर्नुको साथै पसलमा तोडफोड गरेका छन् । सडक डिभिजन कार्यालयले सुरु गरेको २५ मिटर फराकिलो अभियानको बिरोध गर्दै अन्दोलनमा उत्रीएका आन्दोलनकारी ब्यवसायीको एक समुहले स्कुलरोडमा रहेको यू एण्ड आई सु सेन्टर, स्पेसल पाउँ भण्डार, आरपी सप्लायर्स, गौतम मोवाईल पसल सहित अन्य पसलमा तोडफोड गरेका हुन भने ब्यवसायी विनोद दुलाल सहितलाई हातपात समेत गरेका छन् ।
खबरब्रेकलाई प्रतिक्रिया दिँदै यू एण्ड मि का सञ्चालक दुलालले आफ्नो पसलमा आएर केहि समुहले एक्कासी हातपात गर्नुको साथै पसल तोडफोड गरेको र आफ्ना सामानहरु सडकका फालेको बताए । घटनापछि स्कुलरोडमा केहिक्षण तनावको अवस्था सृजना भएको थियो । घटनाबारे मकवानपुर उद्योग वाणिज्यसँगले हालसम्म प्रतिक्रिया दिएको छैन् ।
No comments