सडक विस्तार कुनै हालतमा रोकिदैन:क्षेत्रीय प्रशासक
हेटौँडा,४ माघ
सडक विस्तार रोकी मुआब्जा वितरण गर्नको लागि मकवानपुरका राजनीतिक दल, मकवानपुर उद्योग वाणिज्य संघ, बसोवास संरक्षण समितिले गरेको प्रस्तावलाई अस्विकार गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले सडक फराकिलो पार्ने अभियान जारी रहने बताएका छन् । आज बिहानबाट पटक–पटक भएको वार्तामा सडक विस्तारलाई स्थगित गर्दै मुआब्जा वितरण पश्चात मात्र सडक विस्तार गर्नुपर्छ भन्ने माग सहित भएको वार्ता विना निश्कर्ष सकिएको हो ।
वार्ता पश्चात हेटौँडा बसोबास संरक्षण समितिले हेटौँडा बन्द भोली थप शसक्त बनाईने र आन्दोलन जारी रहने बताएको छ । वार्ताको विषयमा प्रतिक्रिा दिँदै क्षेत्रीय प्रशासकले ब्यक्तिगत रुपमा घर भत्काउन समय माग भए आफु दिन तयार रहेको तर सडक फराकिलो पार्ने अभियान कुनैपनि हालतमा नरोक्ने बताए । सडक विस्तारले कालान्तारका हेटौँडालाई थप फाइदा हुने बताउँदै उनले विकासको काममा धेरै अडचन नगर्न आग्रह समेत गरेका छन् ।
No comments