Header Ads


२५ मिटर भत्कन्छ, मुआब्जा आउँदैन : आयोजना निर्देशक सिग्देल

हेटौँडा,११ पौष
सडक विभागका आयोजना निर्देशक गोपालप्रसाद सिग्देलले राजमार्ग क्षेत्रमा रहेको हेटौँडाका बस्ती भत्काउन कसैले रोक्न नसक्ने बताएका छन् । राज्यले २०३४ सालमानै बनाएको नीति अनरुप पछि बनेका घरहरु सडक फराकिलो पारेको अवस्थामा भत्काउदा क्षतिपूर्ति स्वरुप मुआब्जा समेत दिन नसकिने उनले बताए ।
संसदको विकास समितिले आज हेटौँडाम गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै २५ मिटरको बारेमा भ्रम नपाल्न उनले आग्रह समेत गरेका छन् । सरकारले २०३४ भन्दा पछि पुर्व पश्चिम राजमार्गको २५ मिटर क्षेत्रभित्र पर्ने सम्पूर्ण जग्गा आफुले चाहेको समयमा स्वत प्राप्त गर्न सक्ने कानुन बनाएको बताउँदै उनले त्यसपछि निर्माण भएका घरले कुनैपनि हालतमा मुआब्जा पाउनै नसक्ने दाबी समेत गरे ।
उता सोहि अनुगमनकै क्रममा मकवानपुर आएका भौतिक निर्माण तथा यातायात ब्यवस्था मन्त्री रमेश लेखकले नेपाली कांग्रेस मकवानपुरको आयोजनामा भएको कार्यक्रममा बोल्दै २५ मिटरको विषयमा आफुले बुझेपछि मात्र आधिकारिक धारणा बनाउने बताए । अन्तरक्रियामा बोल्दै लेखकले भने ः आज मैले हेटौँडामा २५ मिटरको विषयमा धेरै कुरा थाहा पाए, अबको केहि दिनभित्र यसको विषयमा आधिकारिक धारणा बनाएर मात्र सार्वजनिक गर्दछु ।


No comments

Powered by Blogger.