२०० भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण
१० पुस, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको आयु पोलिक्लिनिकको आयोजनामा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।पोलिक्लिनिकले गढी–३ बरभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा मौसमी रोगका विरामी, प्रेसर, सुगर, मुटु लगायतका विरामी बढि पाईएको पोलिक्लिनिकका संचालक उत्सव चौलागाईंले बताए । शिविरमा कुर्ले, फुलबारी, बरभञ्ज्याङ, शिखरकटेरी, जीतपुर लगायतका क्षेत्रका २०० भन्दा बढी स्थानीयले सेवा पाएका छन् ।
शिविरमा डा. प्रविण पाठक, डा.परमार्थ बस्नेत, डा. मनिता उप्रेती सहित २ स्टाफ नर्स र २ जना टेक्निसियनले सेवा दिएका छन् । शिविरमा स्वास्थ्य जाँच र अौषधी निःशुल्क अौषधी वितरण गरिएको थियो । शिविरका लागि क्वेष्ट फरास्युटिकलले अौषधी सहयोग गरेको थियो ।
संस्थागत सामुदायिक उत्तरदायित्व अन्तरगत बर्षेनी शिविर गर्दै आएको पोलिक्लिनकले जनाएको छ ।

No comments