मृगौला रोगीको उपचार खर्च जुटाउदै जागरण अभियान
हेटौँडा, ८ मंसिर
हेटौँडा हाँडीखोला निवासी बिनिता उप्रेती र उनको २१ वर्षीया छोरा आशिष उप्रेतीको दुवैको दुइवटै मृगौलाले काम गर्न छाडेको खबर पाएपछि राष्ट्रिय जागरण अभियान नेपाल,मकवानपुरले ती मृगौला रोगी आमाछोराको उपचारको सहयोगका लागि आर्थिक संकलन गर्दै आइ रहेको छ । यसैबिच आज जागरण अभियान मकवानपुरले हेटौँडा बजारमा रहेका पसलहरुमा पुगेर मृगौला रोगी आमाछोराको लागि सहयोग रकम संकलन गरेका छन् ।
राष्ट्रिय जागरण अभियान नेपाल, मकवानपुरका संयोजक कृष्णराज कोइरालाको संयोजकत्वमा सहयोग संकलन टोलीले हेटौँडा बजारमा सहयोग उठाएका थिए । आर्थिक संकलन अभियानमा केन्द्रिय सदस्य जनकमान डंगोल,जिल्ला सदस्य ध्रुब देबकोटा संचारकर्मी जी न्यौपाने,सलिना ढुङगेल,शुशिला राइ लगायतकाको सहभागिता थियो । हेटौँडा, ४ हुप्रचौरबाट सहयोगको लागि हिँडेको टोली, पारिजातपथ, स्कुल रोड, बाइपास रोड, बसपार्क हुँदै राप्तिरोडमा पुगेर सहयोग संकलन गरेको अभियानका सचिव बालकृष्ण दाहालले बताए । हेटौँडा बजारभित्र सहयोगको आग्रह गर्न बाँकी रहेका ठाउँमा विदेशमा रहने साथीहरुबाट भोली सहयोग उठाउने दाहालले बताए ।

No comments