ट्रेड युनियहरुद्वारा अध्यक्ष न्यौपानेको स्वागत
हेटौँडा,९ मंसिर
हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले आज बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरेका छन् ।
नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा उद्योगका अध्यक्ष न्यौपानेले अन्य जिल्लामा जस्तो यहाँका ट्रेड युनियनहरुले विभिन्न बहानामा अहिलेसम्म उद्योग बन्द गरेको आफूलाई थाहा नभएको भन्दै धन्यवाद व्यक्त गरे।
अध्यक्ष न्यौपानेले आफू भर्खर अध्यक्ष भएर आएकोले उद्योगको गतिविधीहरुको बारेमा बुझ्न केहीदिन लाग्ने भएकोले बताए । । एक हातले ताली नबज्ने भन्दै अध्यक्ष न्यौपानेले कर्मचारी र ब्यवस्थापनबीच तालमेल मिलाएर अघि बढ्नुपर्ने बताए ।
आफू उद्योग र मन्त्रालयबीचको पुलको काम गर्न र यहाँ देखिएका कमीकमजोरी सुधार्न आएको बताउँदै अध्यक्ष न्यौपानेले यसतर्फ ट्रेड युनियनहरुले साथ र सुधार गर्नुपर्ने पक्षहरुलाई औल्याउदै आफूलाई जानकारी दिन आग्रह गरे ।
नेपाल कारखाना श्रमिक संघकी अध्यक्ष सीता गिरीको सभाध्यक्षतामा भएको कार्यक्रममा अथितिहरु समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष विनोद लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपकसिं थोकर, उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंह, नायवमहाप्रवन्धक अलताफ अहमद, बिरेन्द्र महासेठलगायतले उद्योगको स्थिति र समस्याहरुको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा उद्योगका विभिन्न ट्रेड युनियनमा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

No comments