हेटौंडा गट ट्यालेण्टमा गायन तर्फको उत्कृष्ट ५ जनाको छनौट
हेटौँडा,७ मंसिर
सुमन भोम्जन स्मृति प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा हेटौंडामा पहिलो पटक सञ्चालन गरेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा सञ्चालन भैरहेको हेटौंडा गट ट्यालेण्टमा गायन तर्फको उत्कृष्ट ५ जनाको छनौट भएको छ । कुमार सिन्तान, दीपेश श्रेष्ठ, सुबिन गोले तामाङ, सुसन शाह ठकुरी र स्वस्तिका ढकाल अन्तिम ५ मा पर्न सफल भएका छन् । उनीहरुको प्रश्तुती र निर्णायकको निर्णय तथा टिकट भोटिङको आधारमा बुधबार उत्कृष्ट ३ जनाको छनौट हुने हेटौंडा गट ट्यालेण्ट संयोजक विशाल घोषले जानकारी दिए । यस्तै नृत्य तर्फको उत्कृष्ट ५ जना बिहीबार छनौट हुनेछन् । प्रतिष्पर्धीले मङ्गलबार गरेको नृत्य, निर्णायकको निर्णय र टिकट भोटिङको आधारमा ५ जनाको छनौट हुने घोषले बताए । दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई आयोजकले नगदसहित प्रमाणपत्रको व्यवस्था गरेको छ भने गायन र नृत्यमा प्रथम हुन सफल दुईजना मध्येबाट एकजनालाई हेटौंडा गट ट्यालेण्टको उपाधीसहित नगद ३० हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने छ ।

No comments