Header Ads


बिहानै ५.६ रेक्टरको धक्का

मंसिर १३ – रामेछाप र सोलुखुम्बुको सिमाना केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । सोमबार बिहान ५ बजेर २० मिनेटमा ५ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो पोहोर वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । अहिलेसम्म ४ रेक्टर स्केल माथिका मात्रै ४ सय ७५ परकम्प गइसकेका छन् । ठूलो भूकम्पपछि लामो समयसम्म परकम्प आइरहने भएकाले नआत्तिन तर सावधानी अपनाउन केन्द्रले आग्रह गरेका छन् ।

भूकम्पको धक्का काठमाडौंसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ । यसअघि गएको कात्तिक १ गते नुवाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको थियो । धेरैपछि लामो अवधिसम्म धक्का महसुस भएको हो ।

No comments

Powered by Blogger.