Header Ads


शनिबार ६० हजारले गरे मेला अवलोकन

हेटौंडा, ११ मंसिर
 सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा   जारी  राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा शनिबार अवलोकन गर्न आउने दर्शकको  संख्या अहिले सम्मकै सबैभन्दा धेरै रहेको छ ।  दर्शकको संख्या बढेसँगै दुई दिनका लागि महोत्सवको समय थप गरिएको छ । मंसिर १३ गते सामेबार सकिने भनिएको मेला अब १५ गते बुधबार सकिने आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले बताए   स्थानीय प्रशासनले मेला लम्ब्याउन स्वीकृत दिएको खड्कीले बताए  ।

शनिबारमात्र करिब ६० हजार दर्शकले मेला अवलोकन गरेको अनुमान गरिएको छ । ‘सार्वजनिक विदाको दिन र राम्रो गायक तथा व्याण्डका कारण पनि मेलामा सोचेभन्दा धेरै मानिस आएको अनुमान हामीले गरेको छौं’, खड्कीका अनुसार मेला भर्न आउनेहरुको आग्रह अनुसार नै मेलाको समय थपिएको हो । मेलामा प्रमोद खरेल तथा ग्लूमी गाइज व्याण्डको प्रस्तुतीका कारण साँझसम्म पनि मेला स्थल भरिभराउनै थियो । खरेल र ग्लूमी गाइजले करिब तीनघण्टा आफ्नो सांगीतिक कोसेली हेटौंडेली माझ प्रस्तुत गरेका थिए । विभिन्न स्थानीय कलाकार तथा गायकहरुको प्रस्ततीमा पनि नाच्नेहरुको बेलुकासम्म भीड लागेको थियो । आयोजकले मेलामा रातिको समयमा पनि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालनका लागि तयार पारेको आकर्षक स्टेजका लाइटको कारण साँझको समयमा पनि दैनिकजसो सांगीतिक कार्यक्रम भइरहेको छ ।

          हालसम्ममा करिब नौ करोड ५० लाख रुपियाँको कारोबार भएको र करिब एकलाख ८० हजारभन्दा बढी मासिनले जनाले मेला अवलोकन गरिसकेको बताइएको छ । नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको छ । आज  आइतबार सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण महिला भलिबल खेल तथा १३ गते सोमबार फुल कन्ट्याक्ट कराँते खेल हुनेछन् । यसअघि कुस्ती, म्याराथन र तेक्वान्दो खेल भइसकेको खेल संयोजक तथा महोत्सव आयोजक प्रतिष्ठानका प्रथम उपाध्यक्ष भट्टाचार्यले बताए । महोत्सवमा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ । महोत्सव भरमा करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजको अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष छ । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् । ‘महोत्सवमा सहभागी हुनेहरुको संख्या बढिरहेको छ । हामीले सोचेअनुसारकै दर्शकहरु आइरहनुभएको छ’, आयोजक प्रतिष्ठान अध्यक्ष खड्गीका अनुसार सबै स्टल सञ्चालकहरु खुशी देखिन्छन् ।

No comments

Powered by Blogger.