मोसेसलाई पराजित गर्दै धु्रबतारा च्याम्पियन
हेटौँडा,६ कार्तिक हेटौँडामा जारी दोश्रो अन्तराष्ट्रिय रोटरी ‘एट ए’ साइड फुटवल प्रतियोगितामा काठमाण्डौँको क्लव मोसेसलाई पराजित गर्दै चितवनको धु्रबताराले उपाधिमाथि कब्जा जमाएको छ ।
शनिबनर हेटौँडाको सिद्धार्थ उच्च माविको खेल मैदानमा भएको प्रतियोगितामा निर्धारित तथा थप गरिएको समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमापनि मोसेस र धु्रुबताराले ३–३ गोलको बराबरीमा पुगेको थियो । त्यस पश्चात भएको सड अन डेथमा चितवका यम गुरुङ र राजेन्द्र श्रेष्ठले गोल गरे भने काठमाण्डौका उमेश थापाले मात्र गोल गरे भने आशिष रानाको बल गोल नहुँदा चितवनले उपाधि सहित नगद ४० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता मोसेसले २० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
खेलमा ४ गोल गरेका आयोजक रोटरी क्लबका सञ्जय थापा सर्वाधिक गोलकर्ता भए भए खेलमा म्यान अफ द सिरिज चितवनका राजेन्द्र श्रेष्ठ भए । श्रेष्ठले दुबइको दोहोरो टिकट प्राप्त गरे । गत कात्तिक २ गतेबाट भएको प्रतियोगितामा नेपाल र बंगलादेशको गरि ११ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी टिमलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले पुरस्कार वितरण गरेका थिए । ४० बर्ष भन्दा माथिको प्रतियोगितालाई रोटरी क्लब अफ मकवानपुरले आयोजना गरेको हो ।

No comments