Header Ads


अभियानको बरिष्ठ सल्हाकारमा भिमसेन महत

कार्तिक ६, राष्ट्रिय जागरण अभियान मकबानपुरको आज बसेको बैठकले भिमसेन महतलाइ बरिष्ठ
सल्हाकारमा नीयुक्त गरेको छ । महत मालेको जिल्ला सचिव तथा केन्द्रिय सदस्य समेत हुन । जागरण अभियान मकबानपुरको अध्यक्ष कृष्णराज कोइरालाको संयोजकतोमा भएको बैठकले महतलाइ बरिष्ठ सल्हाकारमा नीयुक्त गरेको हो । बैठकमा बोल्दै कोइरालाले राष्ट्रिय जागरण अभियान कुनै राजनैतिक दल,पार्टी नभइ राष्ट्रलाइ माया गर्ने सच्चा राष्ट्रभक्तहरुको साझा थलो भएको र राष्ट्रलाइ माया गर्ने जुजारु राष्ट्रभक्त व्यक्तीका लागि अभियान गठन भएको उनले बताए । जागरण अभियानको जिल्ला उपाध्यक्षमा चन्द्रकिरण श्रेष्ठ, सचिव बालकृष्ण दाहाल, कोषाध्यक्षमा ध्रुब देवकोटा तथा सहसचिवमा दिवाकर मैनाली छन् । अभियानको सदस्यहरुमा अच्युत चालिसे, लक्ष्मी सापकोटा,अञ्जन दाहाल, अरुणकुमार जोशी,
राजेश मान्नधर तथा रामकृष्ण ढकाल रहेका छन् ।

No comments

Powered by Blogger.