Header Ads


सिमलटार टोल विकास संस्थाको बार्षिक भेला सम्पन्न

हेटौँडा,१० कात्तिक / हेटौंडा ११ स्थित सिमलटार टोल विकास संस्थाको आज ५ औं वार्षिक साधारणसभा तथा बार्षिक भेला सम्पन्न भएको छ । भेला ११ नम्वर टोल समन्वय समितीका अध्यक्ष देव कुमार श्रेष्ठ को विशेष आतिथ्यता र संस्था अध्यक्ष देव कृष्ण श्रेष्ठको सभाध्यक्षतामा भएको हो । भेलामा हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधी हिम शर्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
 कार्यक्रममा  वडा नागरिक मञ्च फुलमान श्रेष्ठ ,विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुधमाया थापा, राजनैतिक दलहरुका दिपेन्द्र उप्रेती,प्रकाश पाण्डे,पारस नेपाली ,कमलचन्द्र सुमन लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रम संञ्चालन निवर्तमान सचिव माधब गौतमले गर्नु भएको थियो । भेलाले मधुकुमार थापाको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ ।  उपाध्यक्षमा जानुका बांनिया,सचिबमा देबि ब्लोन,कोषध्यक्षमा बिष्णु आचार्य,सदस्यहरुमा बावु लामा,रमेश लामा,पार्बती खुलाल,कालुराम दर्लामी,अष्टमाया श्रेष्ठ, संगिता थापालाई सर्बसम्मत चयन गरेको छ  ।

No comments

Powered by Blogger.