हेटौँडा ५ मा रहेको नापी कार्यालय हेटौँडामा भिषण आगलागी भएको छ । आगलागीको परि घाईते हुनेको सङख्या ४३ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रमुख एसपी मिरा चौधरीले बताईन् । घाइते मध्य एकको अवस्था गम्भिर रहेको र उनलाई चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । घाईतेहरुको मकवानपुरको चुरेहील, हेटौँडा अस्पताल, अर्थोपेडीक अस्पलातमा उपचार भैरहेको छ । आगलागीको कारण उक्त भवनमा रहेको होटलमा ग्याँयसको सिलिन्डर पडकनु रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको चौधरीले बताईन् । हेटौँडा उपमहानगरपालिकाको दमकल तथा स्थानीय वासिन्दा, प्रहरी, नेपाल आर्मी सहितको टोलीले आगो नियन्त्रण गरेका थिए । आगलागीबाट ५ वटा मोटराईकल सहित लाखौको क्षति भएको प्रहरीले जनाएको छ । घाइते मध्य २ जनाको ढाड भाच्चीएको तथा एक दजर्नको हात खुट्टा भाच्चिएको प्रहरीको भनाई रहेको छ ।
No comments