Header Ads


दाहालको पक्षमा ३ सय ५५ भन्दा बढी सांसद

साउन १८
       प्रधानमन्त्रीका उम्मेदवार बनेका नेकपा ९माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहालले १६ दल र एक स्वतन्त्र सांसद सहित ३ सय ५५ भन्दा बढी सदस्यको मत पाउने भएका छन्।

अहिलेसम्म दाहालको उम्मेदवारीको पक्षमा समर्थन जनाएका दलहरुको उपस्थितिका आधारमा कांग्रेसको २ सय ७ मध्ये स्वास्थ्य लाभ गरि आराम गरिरहेका नरहरि आचार्य मतदानमा सहभागी हुने नहुने अन्यौल रहेको अवस्थामा २ सय ६ मत खस्ने पक्कापक्की छ। त्यसैगरी माओवादी केन्द्रका ८१ सांसद छन् भने मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध ४१ जना सांसद छन्।

राप्रपाले। दाहालको पक्षमा मतदान गर्ने निर्णय लिएपनि उसँग पार्टी एकताको तयारीमा रहेको राप्रपा नेपालले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन। राप्रपाको १२ सदस्य छन भने राप्रपा नेपालका २५ सदस्य रहेका छन्।

अहिलेसम्म दाहालको विपक्षमा एमालेका १८२, नेकपा मालेका ५, नेमकिपाका ४ र राष्ट्रिय जनमोर्चाका ३ सदस्य उभिने सम्भावना रहेको छ।

हाल कायम रहेको संसदको सदस्य संख्या ५९५ मा प्रधानमन्त्री निर्वाचित हुन बहुमत २९८ आवश्यक पर्छ।

दाहालको पक्षमा देखिएका दल र तिनको सदस्य संख्या यस्तो छः
कांग्रेस –२०७
माओवादी– ८१
नेकपा संयुक्त –३
फोरम लोकतान्त्रिक –१४
संघीय समाजवादी फोरम –१५
तमलोपा –११
सदभावना पार्टी–५
समाजवादी जनता पार्टी –१
नेपाली जनता दल– १
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च थरुहट– १
राप्रपा –१२
खुम्बुवान राष्टिय मुक्ति मोर्चा नेपाल –१
थरुहट तराइ पार्टी नेपाल –२
दलित जनजाति पार्टी नेपाल –१
अखण्ढ नेपाल –१
स्वतन्त्र  –१

No comments

Powered by Blogger.