Header Ads


ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो

साउन १८
    नेपाल आयल निगमले करिब साढे ६ महिनापछि पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य घटाएको छ।  आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, डिजल र मट्टितेल सबैमा प्रतिलटर २ रुपैयाँ घटेको छ। एलपी ग्यासमा निगमले करिब एक वर्षपछि २५ रुपैयाँ घटाएको छ।
   मङ्गलबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर ९७ मा र डिजेल तथा मट्टितेल ७३ रुपैयाँ

त्यस्तै एलपी ग्यास प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँमा उपभोक्ताले पाउने छन्। मूल्य समायोजन हुनुभन्दा पहिले प्रतिलिटर पेट्रोल ९९, डिजेल तथा मट्टितेल ७५ र एलपी ग्यास १४ सय रुपैयाँ थियो।

मूल्य समायोजन नभएको आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १ सय ९ र बाह्यतर्फको प्रतिकिलो लिटर ८ सय ८१ अमेरिकी डलर छ।

यसअघि निगमले माघ ४ गते पेट्रोलमा प्रतिलिटर ५, डिजल र मट्टीतेलमा प्रतिलिटर ६ र खाना पकाउने एलपी ग्यासमा भने भदौ १५ गते प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएको थियो।



No comments

Powered by Blogger.