अनमोल के.सी सँग आउदैछिन अदिति
अनमोल केसीसँग कृ बाट डेब्यू गर्ने समाचार बाहिरिएसँगै मोडल अदिति बुढाथोकी अहिले नेपाली सिने नगरीमा चर्चामा छिन्। नेपाली फिल्ममा उनलाई डेब्यू गराउन चाहनेहरू यसअघि पनि थुप्रै थिए तर उनले बलिउडलाई आफ्नो लक्ष्य बनाएकाले त्यो सम्भव भइरहेको थिएन्।
मुम्बई बस्दै बलिउडमा संघर्ष गरिरहेकी अदितिको नेपाली फिल्ममा डेब्यूलाई धेरैले एक सुन्दरी नायिकाको आगमनको रूपमा हेरेका छन्। सामाजिक संजाल इन्स्टाग्राममा उनलाई १ लाख बढिले फलो गर्छन्। उनले डेब्यू गर्न लागेका फिल्मका अभिनेता अनमोल समेत उनका फ्यान हुन्।
बलिउड हिरोइन जस्तो अनुहार भएकी नेपाली हिरोइन भनेर चर्चा गरिएकी अदितिका तस्विर हेर्दा त्यो भनाइ पुष्टि हुन्छ। हेर्नुस् तस्विरहरूस्






No comments