Header Ads


नयाँ प्रधानमन्त्रीलाई एमालेको सुझाव : चोर बाटो हिँड्नुभयो, थाङ्नामा सुताउला

 –योगेश भट्टराई, एमाले सचिव

नयाँ बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार चलाउन धेरै खालका चुनौतीहरु आउने अनुमान गर्न सकिन्छ । जुन बाटो भएर उहाँ प्रधानमन्त्री हुनलाग्नु भएको छ, त्यो कच्चा बाटो हो र त्यहाँहरु गन्तब्यमा पुग्ने सम्भावना कम देखिन्छ । प्रचण्डले नेकपा एमालेसँगको गठबन्धनलाई तोडेर जानुभएको हो, हामीले उहाँलाई ‘चोर’ बाटोबाट हिँडेको भनेका छौँ ।

    उहाँहरुको गठबन्धनले प्रगतिशील विचार बोकेको छैन । प्रचण्डजी आफूले बामपन्थीहरुको एकता चाहेको र प्रगतिशील शक्तिहरुबीच मोर्चा गराएर अघि बढ्ने कुरा पनि गर्नुहुन्छ तर आफै दक्षिणपन्थीहरुसँग गठबन्धन बनाएर दौडिराख्नु भएको छ । यसरी हेर्दा उहाँको प्रतिगामी, अप्रगतिशील खालको गठबन्धनले उहाँहरुलाई अन्त्यमा थाङ्नामै सुताउने देखिन्छ ।

नेपालीमा उखान छ, ‘बुढा भएका बुबा–बाजेलाई नातीले डोकोमा बोकेर मिल्काए पछि अन्त्यमा बाजेले नातीलाई भनेछन्, मलाई त फाल बाबु, यो डोको चाँही नफाल, किनभने पछि तिमीलाई पनि यही डोकोमा ल्याएर फाल्नु पर्लानी ” । त्यस्तै गरी उहाँहरुले केपी ओली सरकारलाई जुन डोकोमा बोकेमा फाल्नु भएको छ, त्यो डोको फालिएको छैन । उहाँलाई पहिलो र सबैभन्दा ठूलो चुनौती भनेको यही डोको नै हुने देखिन्छ ।

हामीले नेपालमा प्रगतिशील, देशभक्त, बामपन्थी शक्तिहरुको गठबन्धन निर्माण गरेर मुलुकलाई अग्रगामी दिशा दिन खोजेका थियौ । त्यसैका लागि एमाले–माओवादी बीच मुख्य गठबन्धन हामीले बनाएका थियौ । तर यतिबेला उहाँले अचानक त्यो प्रगतिशील बामपन्थी गठबन्धनलाई तोडेर दक्षिणपन्थीहरुसँग मिल्न जानुभएको छ । एक किसीमले भन्ने हो भने, उहाँले पुर्नउत्थानवादी शक्तिहरुसँग साठगाँठ बढाउनु भएको छ । उहाँले मुलुकको राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउने शक्तिहरुसँग एलाइन्स गरेर बढेको स्थिति रहेको छ ।

उहाँहरुको गठबन्धनले प्रगतिशील विचार बोकेको छैन । प्रचण्डजी आफूले बामपन्थीहरुको एकता चाहेको र प्रगतिशील शक्तिहरुबीच मोर्चा गराएर अघि बढ्ने कुरा पनि गर्नुहुन्छ तर आफै दक्षिणपन्थीहरुसँग गठबन्धन बनाएर दौडिराख्नु भएको छ । यसरी हेर्दा उहाँको प्रतिगामी, अप्रगतिशील खालको गठबन्धनले उहाँहरुलाई अन्त्यमा थाङ्नामै सुताउने देखिन्छ ।

त्यस्का साथै सरकारमा सहभागी दलहरु र बाहिर रहेका दलहरु बीच तन्कीएको दुरिका कारण सरकारलाई कार्य सम्पादनमा पनि असहयोग हुन सक्ने भएको छ, उनले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजानपर्ने हुन्छ, यहाँनिर दलहरु बीचको सहमति, समझदारी बढाउन नसक्ने खालको चुनौती पनि देखिन्छ । संविधानको कार्यान्वयन, मुलुकको राष्ट्रिय एकताको सुढृणीकरण, सामाजीक सद्भावलाई सुढृण गर्ने, केपी ओली सरकारले गरेका लोकप्रीय कामहरुलाई यथावत ढंगले संचालन गर्ने र अगाडी बढ्ने खालका अरु थुपै्र चुनौती पनि प्रचण्डजीका अगाडी रहेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा ओली सरकारले बटुलेको लोकप्रियता र बिदेसी राष्ट्रहरुबीचको निकटतालाई पनि उहाँले बढाउन सक्नुहोला भन्ने देखिन्न । हाम्रा छिमेकी मित्र राष्ट्रहरु भारत र चीनबीचको सम्बन्धलाई सन्तुलीत ढंगले अगाडी बढाउने काम पनि उहाँको लागी चुनौतीपुर्ण नै छ । ओली सरकारले चीनसँग गरेको पारवहन व्यापार सम्झौताहरुलाई निरन्तरता दिन उहाँको सक्षमता नपुग्न पनि सक्छ । उहाँका अगाडी यी सबै खालका कामहरु गर्नका लागी तमाम खालका चुनौतीहरु आउने देखिन्छ ।

    काँग्रेस–माओवादीबीचको गठबन्धनको जग कुनै आरसीपी वा पिल्लर वाला ढलानबाट निर्माण भएकै छैन । कमजोर संरचनामा निर्माण भएको गजुर बाहिरबाट हेर्दै जतिसुकै आर्कषक देखिएपनि सानो हावाहुरीबाट भत्किन सक्छ । कमजोर जगबाट निर्माण भएको गठबन्धनको आयु धेरै नहुने र कुनै पनि बेला भत्कीन सक्ने खतरा हामीले देखिरहेका छौ ।

संवैधानिक र लोकतान्त्रिक प्रकृयालाई अगाडी बढाउने र मंसिरमा स्थानिय निकायको चुनाव, वैशाखमा प्रदेशको चुनाव र आउने ०७४ सालको कार्तिक÷मंसिरमा संघीय संसदको चुनाव गर्ने कार्यतालिका जुन सरकारले घोषणा गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने चुनौती उहाँहरुसँग रहेको छ । तोकिएको मितीमा उहाँहरुले चुनाव गर्न सक्नेरनसक्ने भन्ने खालको टिकाटिप्पणीहरु समेत बाहिर आएको सुनिन्छ ।

अर्को कुरा हामीहरुले राष्ट्रिय सहमतिको जगमा कुनै गठबन्धन वा मोर्चा बनाउने राजनीतिक संस्कारको विकास गर्न सकेका छैनौ । त्यसो हुँदा ६र७ महिनामा फेरि पनि सरकार परिवर्तन हुन सक्ने, बदलिने, नयाँ बनाउने खालको समस्याहरु दोहोरिन सक्छन् । हामीले त स्पष्ट देखिरहेका छौ, काँग्रेस–माओवादीबीचको गठबन्धनको जग कुनै आरसीपी वा पिल्लर वाला ढलानबाट निर्माण भएकै छैन । कमजोर संरचनामा निर्माण भएको गजुर बाहिरबाट हेर्दै जतिसुकै आर्कषक देखिएपनि सानो हावाहुरीबाट भत्किन सक्छ । कमजोर जगबाट निर्माण भएको गठबन्धनको आयु धेरै नहुने र कुनै पनि बेला भत्कीन सक्ने खतरा हामीले देखिरहेका छौ । तसर्थ सरकारलाई उहाँहरुले निरन्तरता दिन र लामो समयसम्म चलाउनमै चुनौतीहरु देखिन्छन् ।

नेपालको सन्र्दभमा लोकप्रियता बटुलेको सरकार र त्यो गठबन्धन लाई उहाँले तोडेर अर्को गठबन्धन बनाउन जानुले “दालमे कुच काला है” भन्ने संकेत गरिरहेको छ । गठबन्धन भत्काउन कस्ता पात्रहरुले पर्दा भित्र र बाहिरबाट काम गरे त्यो बिस्तारै बिस्तारै खुल्दै आएको छ । कुन–कुन राजनितीक शक्तिको भूमिका के थियो, र ती पात्रको राजनीतिक चरित्र पनि जनतामाझ प्रष्ट हुँदै आएका छन् । तसर्थ विचार, सिद्धान्तका हिसाबले पनि यो गठबन्धन प्राकृतिक छैन । सिमेन्ट र ढलानको क्वालिटी नमिलेर निर्माण भएको गठबन्धनमा अन्य गुणस्तरहिन सामाग्रीहरुको पनि मिसावट हुने र कच्चा भवन बन्ने हुँदा त्यसले समय र राष्ट्रिय पूँजीको दुरुपयोग बढाउने देखिन्छ ।

भावी दिनमा एमाले कसरी अगाडी बढ्छ ?

नेकपा एमाले जिम्मेवार प्रतिपक्षमा बस्छ । एमालेले संसदलाई आफ्नो गतिविधीको केन्द्र बनाउँछ । हामी संविधानको कार्यान्वयन गर्ने कुरामा मुख्य जोड दिन्छौँ । हाम्रो पाटी अध्यक्ष केपी ओली सरकारले घोषणा गरेको स्थानीय र अरु २ वटा निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ भन्ने मान्यता हामी राख्छौँ । त्यसमा एमालेले दबाब दिन्छ र निर्वाचनमा जनताको जनमत संकलनको काममा लाग्छ ।

नेपालको राष्ट्रिय एकता, सामाजीक सद्भाव, नेपाली–नेपाली बीचको आत्मियतालाई मजबुत गर्ने काममा हाम्रो पार्टीको भूमिका हुन्छ । अर्को कुरा ओली सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटको बिषयमा आम जनताहरु बीच जनसचेतना अभियान नै लिएर हामी अगाडी जान्छौ । पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने काम पनि हामी गर्छौं ।

सरकारलाई सुझाव
१० केपी ओली सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्छ । त्यस्को कुनै पनि हिसाबले विकल्प खोजिनु हुँदैन ।
२० २०७४ साल माघ ८ गते अगाडी ३ वटै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्दछ ।
यदि प्रचण्ड सरकारले न्यूनतमरुपमा यति कामहरु पनि गर्न नसकेको अवस्थामा उहाँ असफल भएको स्वतः घोषित हुनेछ । जनतालाई कसको सरकारभन्दा पनि काम गर्ने सरकार चाहिएको छ, काम गर्न नसक्ने असफल दल र नेतालाई कुर्सीमै बसिराख्न त्यतिबेला नसुहाउन सक्छ । उहाँलाई हाम्रो यहि सुझाव छ ।

प्रचण्डजीले यी कुरामा सकारात्मक पहलकदमी लिनुभयो भने एमालेले उहाँलाई साथ र सहयोग दिन्छ । हामी सरकारले गर्ने काम तथा त्यसको गुण र दोषका आधारमा सहयोग र बिरोधको निती बनाउछौँ । विरोधका नाममा बिरोध नेकपा एमाले कहिल्यै गर्दैन ।

एमाले राष्ट्रिय सहमतिको पक्षमा

वर्तमान कच्चा र अप्राकृतिक गठबन्धनमा बनेको सरकारमा नेकपा एमाले सहभागी हुदैन तर सरकारले गरेका राम्रा काममा सहयोगको नीति बनाउँछ । हामी जहिले पनि राष्ट्रिय सहमतिको पक्षमा रहेका छौँ । हामी अबका दिनमा सरकारमा जानको लागिभन्दा पनि ओली सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन र संविधानको कार्यान्वयनका लागी राष्ट्रिय सहमतीको पक्षमा रहन्छौँ । मुलुकको सार्वभौम सत्तालाई बलियो बनाउनका निम्ति एमाले, माओवादी र काँग्रेसका बीचमा न्युनतम सहमति हुन आवश्यक छ, त्यसकुरामा हामी सकारात्मक छौ ।

जनतासँग अपील

आज सम्मका धेरै सरकारहरु सरकार छाडेर फर्किदा टाँट पल्टेर आएका छन्, तर नेकपा एमाले २०५१ सालको सरकारमा, माधकुमार नेपाल, झलनाथ खनाल, केपी ओली लगाएत ४ वटै सरकारमा खाली हात गयो र फर्किएर आउँदा प्रष्ट हिसाबले जनताका धेरै कामहरु गरेर र जनताको समर्थन कमाएर आएको छ । हाम्रो निम्ति त्यही नै ठुलो सम्पति हो । हामीलाई जनताले दीएको साथ सहयोग र विश्वास खेर जान दिँदैनौ । हामी सरकार बाहिर बसेर पनि जनतासँग जोडिएर काममा सहभागी हुन्छौँ ।

(लोकराज जैसीले एमाले सचिव योगेश भट्टराईसँग गरेको कुराकानीमा आधारित)

No comments

Powered by Blogger.