Header Ads


प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

साउन १९
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित /
प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा खसेको कूल ५७३ मत मा प्रचण्डको पक्षमा ३६३र विपक्षमा २१० मत खसेको थियो । मतपरिणाम सुनाउँदै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएको संसदलाई जानकारी दिइन् ।

नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेद्वार खडा नगरेपछि प्रचण्ड एक्ला उम्मेद्वार बनेका थिए ।
प्रचण्डको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका थिए भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका थिए ।
प्रचण्डलाई भोट हाल्ने दलहरुमा काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम ९लोकतान्त्रिक०का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा ९संयुक्त० तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद रहेका छन् । यस्तै परिवार दललगायतका केहि एक सिट दलले पनि प्रचण्डको पक्षमा मतदान गरे ।
संसदमा एमाले र राप्रपा नेपालसहितका साना दलहरुले भने विपक्षमा मतदान गरे ।
एका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको मतदानमा बहुमत सदस्यको समर्थनका साथ निर्वाचित भएका हुन् ।

No comments

Powered by Blogger.