Header Ads


बालकोट पुगेर ओलीले दिए प्रचण्डलाई जवाफ

साउन १९
 निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा सोधेको प्रश्नको जवाफ बालकोट पुगेर जवाफ दिएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई बधाई दिएर संसद भवनबाट सिधै उनीसँगै बालकोट पुगेका कार्यकर्ता र समर्थकलाई ओलीले केहीबेर सम्बोधन गर्ने क्रममा प्रचण्डको प्रश्नको जवाफ दिएका हुन् ।

सदनमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्दै प्रचण्डले बजेट नछुट्याएका, रेलजस्ता ठूला आयोजनाको स्रोत कहाँबाट आउँछ भन्दै प्रश्न गरेका थिए ।

ओलीले सम्भावना भएको भन्दा पनि बढी हावादारी कुरा गरेको संकेत गर्दै प्रचण्डले गरेको व्यङ्ग्यात्मक प्रश्नको जवाफमा ओलीले आफूसँग सुझाव माग्न आए स्रोत देखाइदिने बताएका हुन् ।
प्रचण्डको प्रश्नतर्फ इंगित गर्दै ओलीले भने, ‘सुझाव माग्न आउनुभयो भने म स्रोत देखाइदिन्छु ।’

No comments

Powered by Blogger.