नेविसंघ महाधिवेशन: उम्मेदवारका प्रचार सामग्रीले भृकुटीमन्डप क्षेत्र पुरै सिंगारियो
साउन २४
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पार्टी एकीकरणपछि पहिलोपटक हुन लागेको यो महाधिवेशनमा नीतिको विषयमा खासै चर्चा नसुनिएपनि नेतृत्वको होड भने चर्कै देखिएको छ ।वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनको उद्घाटन आइतबार पार्टी सभापति शेरबहादुर देउवाले भृकुटीमन्डपमा गर्नेछन् । देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् ।आयोजककाअनुसार महाधिवेशनको उद्घाटनको तयारी भव्य छ । तर, महाधिवेशनको महत्वपूर्ण पाटो मानिने बन्दसत्र सन्चालनका लागि आवश्यक पर्ने पहिलो आधार महाधिवेशन प्रतिनिधिसमेत अझै टुंगिएको छैन ।
प्रतिनिधि विवादकै कारण दुईजना विद्यार्थीहरु अहिले पनि आमरण अनशनमै छन् । महाधिवेशन प्रतिनिधि को–को हुनेछन् भन्नेमात्र हैन, कति संख्यामा हुनेछन् भन्ने कुराकोसमेत अझै टुंगो छैन ।मतदाताको टुंगो नलागे पनि उम्मेदवारहरुको चुनावी दौड भने रमितलाग्दो छ । उम्मेदवारका प्रचार–सामग्रीले भृकुटीमन्डप क्षेत्र पुरै सिंगारिए जस्तो भएको छ ।



No comments