कारखानाको मुहुरत संगै सुटीङ शुरु
अमर द्धिप सापकोटाले फिल्मलाई निर्देशन गर्दैफिल्म कारखानाको शुभ मुहुरत संगै सुटीङ सुरु गरीएको छ ।बिहीबार बिहान कमलादी गणेश मन्दीरमा पुजा अर्चना संगै फिल्मको युनिटले फिल्मको कार्यको आरम्भ गरेका हुन ।फिल्म इन्डष्ट्रीका कलाकार एबं प्राबिधिकहरुलाई अतिथि
को रुपमा निम्ताउदै फिल्मको युनिटले नयाँ फिल्म कारखानाको काम आरम्भ गरेका हुन ।फिल्ममा सुशिल श्रेष्ठ,बर्षा शिवाकोटी,जेबिका कार्की,मौसमी मल्ल,नगेन्द्र रीजाल लगायत कलाकार मुख्य भुमीकामा अभिनय गर्ने छन ।अमर द्धिप सापकोटाले फिल्मलाई निर्देशन गर्दै छन कथा पनि अमर द्धिपलेनै लेखेका हुन ।सम्बाद र पटकथा लेखन स्यम निर्देशक सापकोटा,दयाराम दाहाल र सुसील पोखरेलले लेखेका हुन ।बिभिन्न परीष्थीतिको कारण बिबाहको मण्डप बाट भागेकी युबतिलाई के कस्ता चुनौती हरु आउदछन ति घट्ना क्रमलाई फिल्मको कथा बस्तुले डोराउने छ ।


No comments