हेटौडामा दशै महोत्सव हुने
हेटौंडा,२७ साउनउद्योग संघ मकवानपुरले आउँदो भदौ २९ गतेबाट असोज ९ तेसम्म औद्योगिक प्रर्दशनी तथा दशै महोत्सवको आयोजना गर्ने भएको छ । बिहिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले मकवानपुरे उद्योगको क्षेत्रलाई थप फराकिलो र यहाँको उद्योगको विषयमा थप जानकारी दिउँ भन्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष नवराज अर्यालले मेलाको उदेश्य राष्ट्रिय उद्योगमा उत्पादन हुने बस्तुको प्रचार तथा नेपाली उद्योगको विषयमा जानकारी दिनु रहेको बताए ।
हेटौँडा बसपार्क क्षेत्रमा रहेको टिसिएनको चौरमा हुने महोत्सवमा दशैको लागि आवश्यक पर्ने सामग्री समेत पाईने आयोजकले जनाएको छ । मेलामा ४ सय स्टलहरु रहने जनाईएको छ । १ करोड रुपैँया खर्च हुने अनुमान गरिएको महोत्सवमा ५ लाख दर्शकले अलोकन गर्ने लक्ष राखिएको जनाइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने प्रत्रकार सम्मेलनमा जनाईएको छ ।


No comments