बसामाडी जेसीजद्धारा सप्ताहाब्यापी कार्यक्रम आयोजना
हेटौँडा,२८ साउनबसामाडी जेसीजले यो वर्षको जेसीज सप्ताह आउँदो श्रावण ३० गतेबाट मनाउने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जेसीजले यो वर्षको जेसीज सप्ताह साउन ३० गते बुद्धचौकमा रक्तदान कार्यक्रमको आयोजना गरि सुरु गर्ने भएको हो ।
बिहिबार हेटौँडामा पत्रकार सम्मेलनको
आयोजना गर्दै जेसीजले सप्ताह अन्र्तगत साउन ३१ गते भिमफेदी वालगृहमा वालवालिकासँग जेसीज कार्यक्रम, साउन ३२ गते वसामाडी जेसीज सचिवालयमा बृक्षारोपण, भदौ १ गते जेनिथ कलेजमा यौन तथा प्रजनन स्वास्थ्यको विषयमा सचेतना, २ गते अनाथ, अपाङ्ग वालवालिकासँग भेटघाट, ३ गते पत्रकारसँग मैत्रीपूर्ण फुटबल तथा ४ गते समापन कार्यक्रम गरिने वसामाडी जेसीजका अध्यक्ष सुनिल दाहालले बताए ।


No comments